काठमाडौं- गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको ९२ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आज बिहीबार मात्र उनलाई अहमदाबाटको एक अस्पतालमा भर्ना गरिएको थियो। यद्यपी उपचारकै क्रममा उनको निधन भएको हो।
पहिलोपटक सन् १९९५ मुख्यमन्त्री बनेका उनी दोस्रोपटक सन् १९९८ मा गरेर उनी दुईपटक मुख्यमन्त्री बनेका थिए। उनीपछि हाल भारतका प्रधानमन्त्री रहेका नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री बनेका थिए।
केशुभाई पटेलको निधनप्रति प्रधानमन्त्री मोदीले दुख व्यक्त गर्दै पटेलको राम्रो व्यवहारको प्रशंसा गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।