खोटाङ । खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन्।
वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताए।
डाँडागाउँका करिब २२/२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ।
सोही गाउँका अन्दाजी १९/२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन्। महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा शिखर मृत फेला परेका हुन्।
मृत भेटिएकी महिला विवाहित हुन्। उनको दुई वर्षको छोरीसमेत रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
मृत भेटिएका महिला र पुरुष दुवै जना जङ्गलमा घाँस काट्न गएका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।