मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

शुक्रबारदेखि हराएका दुई किशोरीको शव भेटियो

शुक्रबारदेखि हराएका दुई किशोरीको शव भेटियो

  • मिडिया डबली डेक्स
  • आइतवार, माघ १३ २०८१

  • 1.1K
    SHARES

  • शुक्रबारदेखि हराएका दुई किशोरीको शव भेटियो

    काठमाडौं । शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । अछामको ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । 

    उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

    ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए । खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए ।

    घटनाको थप अनुसन्धान डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोलीले घटनास्थल गएर गर्दै छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १५ २०८१०८:११:११

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend