काठमाडौँ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।
उता, बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।