आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १० २०८१

  • 714
    SHARES

  • बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

    नेपालगन्ज ।  बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु भएको छ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया चेती बुढाको बाघको आक्रमणबाट मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बिहान करिब ११ बजेतिर उनी दाउरा काट्न भन्दै घरबाट निस्केकी थिइन्। घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेर उनलाई मारेको थियो।

    स्थानीयका अनुसार खोजीका क्रममा उनको शव साढे ३ बजेतिर फेला परेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको प्रहरीले जनाएको छ।

    घटनास्थल बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायीक वन हो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend