सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई आज साँझ भेट्ने

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई आज साँझ भेट्ने

  • मिडिया डबली
  • सोमवार, भाद्र ३ २०८१

  • 2.0K
    SHARES

  • परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई आज साँझ भेट्ने

    काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज साँझ त्यहाँस्थित प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएकी छन् ।

    सोमबार साँझ साढे ७ बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय गरिएको हो ।

    परराष्ट्रमन्त्री राणा असार ३० गते नयाँ सरकार बनेयता पहिलो पटक भारत भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भ्रमणको टुंगो गर्नेछिन् ।

    भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि हस्तान्तरण गर्ने छिन्। परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा. एस. जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

    परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग पनि आज आज नै अपराह्न भेटवार्ता गर्ने कार्यतालिका निर्धारण गरिएको छ । मन्त्रालयले भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुनेछ ।

    मन्त्री राणाको भ्रमणअघि नै भारतीय विदेश मन्त्रालयले नेपाललाई निकट छिमेकीका रुपमा आफ्नो प्राथमिकतामा राखेको जनाएको थियो।

    ‘भारतको छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिक साझेदार हो’, विदेशमन्त्रालयले भनेको थियो, ‘परराष्ट्रमन्त्री राणाको आशन्न भ्रमणमा द्विपक्षीय सहयोगका प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर दिनेछ । यसबाट दुई छिमेकीबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत मिल्नेछ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८०४:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend