काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा समिरकण समेत बनाउने कसरत हुन थालेको छ।
उपसभापति विमलेन्द्र निधीले सभापति शेरबहादुर देउवालाई भेटेरै सभापतिमा लड्ने बताएका छन्। विमलेन्द्रको प्रस्तावले संस्थापन समुहमा नयाँ हलचल पैदा भएको छ।
तर, देउवाले थप एक कार्यकाल आफू सभापति हुने र सहयोग गर्न निधीलाई आग्रह गरेका छन्। निधिले त्यतिबेलासम्म आफू सत्तरी बर्षको भै सक्ने बताउँदै सभापतिलाई आफ्नो निर्णयमा सहमत हुन अनुरोध गरेका थिए ।
तर, देउवाले निधीलाई १५ औं महाधिवेशनमा सभापतिका लागि सहयोग गर्ने बताएका छन्। अप्रत्यासितरुपमा निधीले सभापति लड्ने निर्णय सुनाएपछि देउवा स्तब्ध बनेका थिए। ‘तपाई अर्को पटक लड्नुस्। म पछि तपाईं नै हो । मेरो अर्को को छ र ?,’ देउवाले निधीलाई भनेका थिए। तर, देउवाको कुराले निधि टसमस भएनन्। लडेरै छोड्ने बताए।
बिमलेन्द्र कांग्रेसभित्र सहमतिको खोजीमा छन् उनले सुदृढ पार्टी निर्माणका लागि सहमतिको आबश्यकता रहेको बताएकाछन ।
उनी संघीय प्रणाली र समावेशी समाज निर्माणको कार्यसूचीलाई सुदृढ र मजबूत नबनाएसम्म देशको बिकास हुन नसक्ने बताउँछन ।
बिमलेन्द्रले केही दिन अघि पार्टीका महामन्त्री तथा सांसद शशांक कोइरालासंग भेट गरेका थिए । विमलेन्द्रले निर्णय गरेपनि देउवा भने एक कार्यकाल आफैं सभापति बन्ने रणनीतिमा छन्। त्यसका लागि उनले तयारी गरिरहेका छन्।
तर, विमलेन्द्रले आफु सभापति लड्दा नेता व्यवस्थापनको विषयमा समेत खाका तयार पारिसकेका छन्। निधीले देउवा पत्नी डा.आरजु राणा र विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउने खाका तयार पारेका हुन्।
महामन्त्रीको दौडमा हालका सह–महामन्त्री डा. प्रकाशशरण महत समेत छन्। यद्यपी महत आरजु महामन्त्री हुने कस्टमा पछि हट्न सक्ने बुझिएको छ।
यस्तै निधीले बालकृष्ण खाँड र पूर्णबहादुर खड्कालाई उपसभापति बनाउने गरी खाका तयार पारेका छन्। निधीको खाकामा एनपी साउद, रमेश लेखक लगायतका नेताहरु सह–महामन्त्रीको सूचीमा रहेको स्रोतको दावी छ।
केही समय भित्रै निधीले उम्मेदवार घोषणा गर्ने तयारी गरिरहँदा देउवा भने उनलाई रोक्ने रणनीतिमा छन्। आफु राजनीतिमा रहनुजेल देउवाले पत्नी राणालाई राजनीतिमा अघि नसार्ने बताउँदै आएका छन्।
देउवाले निधीलाई रोक्लान्, वा निधिको उम्मेदवारी घोषणा होला। त्यो केही समयपछि थाहा होला
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।