काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
डडेल्धुरामा सोमबार भएको जिल्ला अधिवेशनबाट देउवा र राणा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
अधिवेशनबाट कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक गोविन्दराज बोहरा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर, शिक्षा विभागका केन्द्रीय सदस्य सुरेशराज जोशी, पूर्व जिल्ला सभापति रघुवर भट्ट, गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्ल, जयराज पनेरु, तारक बुढाऐर, जनक कलौनी, शेरबहादुर साउँद समेत महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जनाइएको छ ।
अधिवेशनबाट महिलातर्फ सरस्वती खड्का, कौशिल्लाकुमारी भट्ट र कलावती बोहरा र आरजु राणा देउवा गरी ४ जना महाधिवेशन प्रतिनिधि बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।