काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा नेत्री डा. आरजु राणा देउवाको क्षेत्र कैलाली–५ मा वडा अधिवेशनबाट नयाँ कीर्तिमान बनेको छ ।
धनगढी उपमहानगरपालिकास्थित ४ नम्बर वडाको अधिवेशनबाट सन्तोष रावल कैलाली जिल्लाकै कान्छा वडा सभापति बनेका छन् । उनी डा. राणाको वडा धनगढी–४ बाट सभापति निर्वाचित भएका छन् ।
नवनिर्वाचित रावलले निवर्तमान सभापति अनन्तराज जोशीलाई ४४ मतको पराजित गरेका छन् । रावलले १४९ मत प्राप्त गरेका छन् भने प्रतिद्वान्दी अनन्तराज जोशीले १०५ मत पाएका छन् ।
सबैभन्दा कान्छा अर्थात् २५ वर्षीय रावल सानै उमेरमा तरुण दल क्षेत्रीय सदस्य हुँदै लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीका सहसचिव समेत भएका छन् ।
१३औं महाधिवेशनमा क्रियाशील सदस्य भएर मूलधारको राजनीतिक यात्रा सुरू गरेका रावल चुनावबाटै वडा सभापति बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।