काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले समेत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।
केन्द्रीय निर्वाचन समितिले मनोनयनका लागि शनिबार साँझ ५ बजेसम्म समय तय गरेकोमा आरजुले समेत उम्मेदवारी दिएकी हुन् ।
समितिको कार्यसूचीअनुसार भोलि आईतवार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिने भएके छ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।