आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन : एनपी साउद

संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन : एनपी साउद

  • मिडिया डबली
  • शनिवार, जेठ १९ २०८१

  • 1.4K
    SHARES

  • संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन सक्दैन : एनपी साउद

    सुर्खेत -  नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् । कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताएका हुन्।

    ‘अर्कालाई गाली गरेर, अर्का माथि आक्रमण गरेर, आफ्नो संगठन कमजोर बनाएर, संगठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन,’ साउदले भने । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले अन्य पार्टीहरुलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए ।

    ‘बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न सकिदैन,’ उनले भने, ‘पार्टीहरुलाई समेटेर आफ्नो जनाधारलाई मजबुत गरेर मात्रै सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ ।’ नेपालको संवैधानिक संरचनाले कुनै पनि एक दललाई बहुमत ल्याउने सुविधा नदिएको साउदले बताए ।

    ‘कुनै विशेष परिस्थितिभन्दा बाहेक एउटै पार्टीले बहुमत ल्याउने सुविधा सविधानको संरचनाले दिएको छैन,’ उनले भने, ‘त्यो सुविधा नदिने भएकाले भोलिको दिनमा हाम्रो संसदमा हंक पार्लियामेन्ट (त्रिशंकु सदन), एकै दलको बहुमत नभएको संसद गठन हुने व्यापक सम्भावना रहन्छ ।’

    संविधानले नै फरक–फरक विचार भएका दलहरु एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको नेता साउदको भनाइ छ । ‘हाम्रो संविधानले नै सहकार्यको संस्कृति, गठबन्धनको संस्कृति, फरक–फरक विचार, चेतना र सोच भएका दलहरु पनि एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend