मोरङ, ३० फागुन । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ।
रंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।
बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो।
दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो।
बसका चालक रतुवामाई ५ सिजुवा बस्ने ४५ वर्षीय सुर्य बहादुर ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।