मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

  • मिडिया डबली
  • आइतवार, माघ २८ २०८०

  • 1.9K
    SHARES

  • विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

    विराटनगर, २८ माघ - विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्‍याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।

    बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को३६प २८८९ नं. को मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो।

    ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ।दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन्। नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको थियो।

    ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको छ। ट्रक चालक जिल्ला चितवान  राप्ती नगरपालिका वडा नं. ११ का ४१ वर्षीय शेरबहादुर राई सामान्य घाइते छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १२ २०८१०९:३२:१७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend