मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

हेलिकोप्टरको प्रयोग गरे पनि निभेन महाभारतको आगो

हेलिकोप्टरको प्रयोग गरे पनि निभेन महाभारतको आगो

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १२ २०८१

  • 804
    SHARES

  • हेलिकोप्टरको प्रयोग गरे पनि निभेन महाभारतको आगो

    काठमाण्डौ । काभ्रेको महाभारत जङ्गलमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरे पनि अझै निभेको छैन ।

    गृह मन्त्रालयले पठाएको हेलिकोप्टरमार्फत हिजो २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन नसकेको हो । अहिले पनि जङ्गलमा आगो बलिरहेको छ ।

    बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्कोलगायतका क्षेत्रमा भने आगो नियन्त्रण भएको बताउनुभयो । गएको मङ्गलवार दिउँसो डढेलो शुरू भएको हो ।

    अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर २ गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलोमा खन्याइएको हो ।

    डिभिजन वन कार्यालय काभ्रेका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । बेचानचोक र महाभारत गाउँपालिकाको सीमामा रहेको महाभारत जङ्गलमा फैलिएको डढेलोले अरु वन क्षेत्रसमेत जोखिममा रहेको भन्दै बेथानचोक गाउँपालिकाले पर्यटकलाई वन क्षेत्रमा जान रोक लगाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २८ २०८००१:०३:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend