सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तीन वर्षपछि बल्ल एमालेले वामदेवलाई चिन्यो

तीन वर्षपछि बल्ल एमालेले वामदेवलाई चिन्यो

  • मिडिया डबली
  • आइतवार, पौष २९ २०८०

  • 3.6K
    SHARES

  • तीन वर्षपछि बल्ल एमालेले वामदेवलाई चिन्यो

    काठमाडौं - एमालेले तीन वर्षपछि वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएकोमा पछुतो मानेको छ ।

    २०७४ को निर्वाचनमा बर्दिया १ बाट पराजित गौतमलाई एमालेले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर अहिले तिनै वामदेव एमालेसँग छैनन् ।

    उनले एमाले परित्याग गरिसकेका छन् । विगतमा नेकपाको सरकार हुँदा राष्ट्रपतिबाट वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नु गल्ती भएको एमाले नेता विशाल भट्टराईले बताएका छन् ।

    उनले संसदीय चुनावमा हारेका व्यक्तिलाई राष्ट्रिय सभामा पठाउने विकृतिको सुरुवात एमालेले नै गरेको भट्टराईको स्वीकारोक्ति छ । विगतमा एमाले र माओवादीले गरेको सिकोलाई अहिले कांग्रेसलगायत दलले निरन्तरता दिएका छन् ।

    आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले, माओवादीलगायत दलले संसदीय चुनावमा पराजित भइसकेका अनुहारलाई टिकट दिएका छन् ।

    त्यसको सुरुवात एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाट सुरु गरेका थिए ।

    श्रेष्ठ माओवादीमै छन् । तर वामदेव न ओलीका हुन सके, न प्रचण्डका नै । यदि वामदेवले राष्ट्रिय सभामा एमालेलाई साथ दिए एमाले तेस्रो दल हुनेछ । नदिए एकीकृत समाजवादीकै हाराहारीमा हुने अवस्था छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १९ २०७९१२:३६:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend