सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अध्यक्ष बन्ने धोको नयाँ पार्टी खोलेर पूरा गर्दै वामदेव

अध्यक्ष बन्ने धोको नयाँ पार्टी खोलेर पूरा गर्दै वामदेव

  • मिडिया डबली
  • मंगलवार, आषाढ १४ २०७९

  • 4.5K
    SHARES

  • अध्यक्ष बन्ने धोको नयाँ पार्टी खोलेर पूरा गर्दै वामदेव

    काठमाडौं - तत्कालीन नेकपा पार्टी फुटाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन् ।

    वामदेवको पार्टीमा रहने केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक भइसकेको छ । उनले आजै निर्वाचन आयोग पुगेर नयाँ पार्टीको दर्ताका लागि निवेदन दिँदै छन् ।

    पार्टीमा उनले श्रीमती तुलसा थापा र छोरा हरिश गौतमलाई पनि केन्द्रीय सदस्य बनाएका छन् । पार्टी अध्यक्ष बन्ने धोको वामदेवको पुरानै हो । ०५४ सालमा उनले एमाले फुटाएर माले गठन गरेका थिए ।

    जसको महासचिव उनी आफैं थिए । पार्टीको अध्यक्ष साहना प्रधान थिइन् । पछि सो पार्टी उनले एमालेमै मिलाए । फेरि २५ वर्षपछि वामदेवले नयाँ पार्टी खोल्न लागेका हुन् । तर यसपटक भने नयाँ पार्टीको अध्यक्षमा आफैंलाई राखेका छन् ।

    उनले केही समयअघि एमालेको उपाध्यक्ष पद त्यागेका थिए । एमालेमा रहँदा राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत भएर उनी सांसद बनाइएका थिए ।

    गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ ।गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लागेका हुन् ।

    घोषणा हुन लागेको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी एकता गरिएको पाण्डेले जानकारी दिए । उक्त पार्टीमा आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि सामेल हुने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २ २०७९११:२२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend