सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वामदेवलाई निष्कासन गर्ने सफलले यतिसम्म फट्याइँ गरेका रहेछन्

वामदेवलाई निष्कासन गर्ने सफलले यतिसम्म फट्याइँ गरेका रहेछन्

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 3.7K
    SHARES

  • वामदेवलाई निष्कासन गर्ने सफलले यतिसम्म फट्याइँ गरेका रहेछन्

    काठमाडौं - जे हुन्छ नेपालकै राजनीतिमा हुन्छ, त्यो पनि कम्युनिस्ट पार्टीमा भन्ने भनाइ नै स्थापित भइसकेको छ । कम्युनिस्ट पार्टीमा कसले कसलाई कुन बेला निष्कासन गर्छ, कारबाही गर्छ भन्ने कसैले पनि अनुमान गर्नसक्दैन ।

    यस्तै भयो शनिबार । सात दिनअघि पार्टी गठन गरेका वामदेव गौतमलाई निकालिएको समाचार भाइरल बन्यो । एकाएक समाचार आएपछि सबै आश्चर्यमा परे ।

    सात दिनअघि मात्र पार्टी घोषणा गरेका वामदेवलाई पार्टीबाट निष्कासित गरेको समाचारप्रति धेरैलाई विश्वास लागेन । तर, नेकपा राष्ट्रिय एकता अभियानमा सामेल भएका तीन पार्टीका अध्यक्षको विज्ञप्ति नै रहेको देखेपछि सबै विश्वास गर्न बाध्य भए ।

    तर, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ । अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कसन गरेको भन्ने खबर सत्य नभएको बताएका छन् ।

    ‘अभियानका नौजना सचिवालय सदस्यहरूमध्ये युवराज सफलले ०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र १७ असारमा संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ।’

    पाण्डेले भने । सञ्चारमाध्यमले सफल नेतृत्वको सचिवालय बैठकले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने गलत समाचार भएको उनको भनाइ छ । साथै, गौतमसमक्ष सफलले राजीनामा दिएको पत्र प्रचार विभाग प्रमुख पाण्डेले सार्वजनिक गरेका छन् ।

    गौतम नेतृत्वको अभियानमा संलग्न हुन आएका आधुनिक नेपाल समाजवादी पार्टी नेकपा (राष्ट्रवादी), आमनेपाली पार्टीका प्रमुखहरूलाई अन्य दलसँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीमा गौतमले समावेश नगरेको तथा सचिवालय गठन गर्दा उक्त पार्टीका नेताहरूलाई नराखेपछि राजीनामा दिएको सफलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    bamdeb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २ २०७९११:२२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend