सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गुमनाम वामदेव फुत्त निस्केर फेरि अलाप्न थाले वाम एकताको नारा

गुमनाम वामदेव फुत्त निस्केर फेरि अलाप्न थाले वाम एकताको नारा

  • मिडिया डबली
  • बुधवार, पौष १३ २०७९

  • 2.6K
    SHARES

  • गुमनाम वामदेव फुत्त निस्केर फेरि अलाप्न थाले वाम एकताको नारा

    काठमाडौँ - नेपालको राजनीतिबाट कर्नरमा परेका वामदेव गौतम फेरि सल्बलाउन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्टै वामदेवको सक्रियता सुरु भएको छ ।

    कम्युनिस्ट नेता प्रधानमन्त्री भएको मौका उठाउँदै वामदेवले फेरि वाम एकताको नारा अलाप्न थालेका छन् । लामो समयसम्म भैंसेपाटीस्थित आफ्नो निवासमै गुम्सेर बसेका वामदेवलाई प्रचण्डले सक्रिय पारेका हुन् । उनले सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन कोटेश्वर पठाएका थिए ।

    मंगलबार नेपाललाई भेटेर वामदेवले प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन मात्र भनेनन्, केही समयपछि वाम एकता गरेर जानुपर्ने प्रस्तावसमेत गरेका छन् । उमेरले ७४ वर्ष कटिसकेका वामदेवको शक्ति कमजोर भइसकेको महसुस गर्दै एमाले अध्यक्ष केपी ओलीले उनलाई कुनै महत्व नदिएका हुन् ।

    एमालेबाट राष्ट्रिय सभा सदस्यमा जिते पनि पछि वामदेवले सो पार्टी त्यागिसकेका छन् । उनले नयाँ पार्टी खोल्दै वाम एकताको नारा लगाउँदै आएका छन् ।

    नेपालमा वृद्ध कम्युनिस्ट नेताहरुको औचित्य समाप्त हुँदै गएका बेला वामदेवको सक्रियताको अर्थ खासै नभएको बताइन्छ । तर पनि प्रचण्ड, माधव नेपाल र ओलीलाई भने वामदेवले मिलाउन सक्ने अनुमान गर्न थालिएको छ । कम्युनिस्ट नेताहरु मिलेर खानमा एक ठाउँमा हुन्छन् ।

    अहिलेसम्म देखिएको त्यही हो । प्रधानमन्त्रीको कुर्सीमा पुगे पनि प्रचण्ड राम्ररी निदाउन सकेका छैनन् । उनलाई कतिबेला आफ्नो कुर्सी धरापमा पर्ने हो भन्ने डर कायमै छ ।

    त्यसमा पनि माधव नेपाललाई एक वचन नसोधी ओलीको कित्तामा पुगेपछि प्रचण्ड धर्मरमा छन् । हिजो ओलीको पेलाईमा प्रचण्डलाई माधवले नै साथ दिँदै आएका थिए ।

    तर, आज एक थान प्रधानमन्त्रीको कुर्सीका लागि प्रचण्डले नैतिकता गुमाएपछि माधव बडो चिन्तामा परेका छन् । त्यही भएर प्रचण्डले वामदेवको सहारा लिएको देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २ २०७९११:२२:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend