काठमाडौं - यतिबेला नेपालको राजनीति स्थानीय तहको निर्वाचनमा होमिएको छ । सबै दलका नेताहरू चुनाव अभियानमा लागेका छन् ।
शीर्ष नेताहरूको दौडधूप तीव्र छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापालाई भ्याइ नभ्याइ छ । सँगसँगै दलहरू घोषणापत्र लेखन र चुनावी तालमेलबारे पनि छलफलमा जुटेका छन् ।
स्थानीय तहको निर्वाचनमा कसले बढी सिट हासिल गर्ने भन्ने अभियानमा दलहरू छन् । अहिले सबैभन्दा बढी चासोको विषय चुनावी गठबन्धन हुन्छ कि दलहरू एक्ला एक्लै लड्छन् भन्ने छ ।
यही विषयमा छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । कांग्रेसको बैठकलाई लिएर सबैतिर चासो बढेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीका पदाधिकारीहरूसँग भर्चुअल संवाद गर्दैछन् ।
एमाले अहिले एक्लै लड्ने, कमजोर भएको ठाउँमा मात्र चुनावी तालमेल गर्ने पक्षमा छ । सबैभन्दा सकसमा कांग्रेस छ । पाँचदलीय गठबन्धनमा आबद्ध भएकाले चुनावमा कसरी जाने भन्ने सकसमा कांग्रेस छ ।
एक्लै जाउँ कम्युनिस्ट गठबन्धन होला भन्ने डर, नजाऔं भने अरु दललाई धेरै भाग दिँदा आफूलाई रित्तिने डर । त्यही भएर कांग्रेसले कस्तो निर्णय गर्छ भन्ने सबैलाई परेको हो ।
०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । गठबन्धनका बाबजुद एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए ।
देशभर एमाले र माओवादीका अधिकांश नेताले जित्दा गौतम र श्रेष्ठ भने पराजित भएका थिए । त्यही भएर चुनावी गठबन्धनले मात्र जित्ने भन्ने हुन्न । फेरि पनि त्यस्तै अवस्था नहोला भन्ने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।