आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वामदेव र नारायणकाजीकै कारण नेपालको राजनीति सधैं बबण्डर

वामदेव र नारायणकाजीकै कारण नेपालको राजनीति सधैं बबण्डर

  • मिडिया डबली
  • मंगलवार, श्रावण १० २०७९

  • 4.9K
    SHARES

  • वामदेव र नारायणकाजीकै कारण नेपालको राजनीति सधैं बबण्डर

    काठमाडौं - नेपालको राजनीतिमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठ यस्ता पात्र हुन्, जसका कारण राजनीति सधैं अस्थिर हुने गरेको छ ।

    नेपालमा सयौं नेताहरू छन् । अधिकांश नेताहरू स्थिर छन् । राजनीतिमा आफ्नै ढंगले लागिरहेका छन् । तर, वामदेव र नारायणकाजी भने दुई चार महिनामा विभिन्न कारणले चर्चामा आइरहन्छन् । यी दुवै नेता स्थिर रहने स्वभावका छैनन् ।

    यदि वामदेव र नारायणकाजीले चुनाव हारेर पनि पाँच वर्षमै सांसद बन्ने महत्वाकांक्षा नराखेको भए अहिलेसम्म केपी ओली प्रधानमन्त्रीमै रहन्थे । नेकपाको सरकार रहन्थ्यो ।

    तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि यी दुवै नेताले सांसद र मन्त्री बन्ने लोभ देखाएकैले नेपालको राजनीति तरल बन्न पुगेको हो । वामदेव बर्दिया र नारायणकाजी गोरखाबाट पराजित भएका हुन् ।

    कांग्रेस र एमालेमा अरु ठूल्ठूला नेताहरू जो चुनावमा पराजित भए, तर पाँच वर्षसम्म सांसद बन्ने लोभ देखाएनन् । तर चुनाव हारे पनि वामदेवलाई प्रधानमन्त्री बन्ने मोह पलायो । नारायणकाजीलाई मन्त्री बन्ने इच्छा पलायो ।

    सोही कारण दुवैले केपी ओली र प्रचण्डलाई घुर्की र धम्की देखाएर राष्ट्रिय सभाको सांसद पद हात पारे । त्यो पनि संविधान संशोधन गरेर । जबकि संविधानमा प्रतिनिधिसभामा पराजित भएको व्यक्ति त्यही कार्यकालमा राष्ट्रिय सभामा सांसद र मन्त्री बन्न नपाउने व्यवस्था उल्लेख गरिएको थियो ।

    तर, वामदेव र नारायणकाजीकै कारण संविधानको बलात् चिरहरण गरियो । अहिले वामदेव एमालेमा छैनन् । नारायणकाजी माओवादीमै छन् । तर, कम्युनिस्टबीच एकता र सहकार्य हुनुपर्छ भन्दै हिँडेका छन् ।

    उनीहरूको स्वार्थ छ, नेकपाकालीन समयकै जस्तो घुर्की र धम्की दिएर लाभको पद लिने । देश र जनताको नाम लिने तर लाभ चाहिँ आफूले लिने उनीहरूको रणनीति देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend