आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच वासिंगटन डिसीमा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच वासिंगटन डिसीमा भेटवार्ता

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १४ २०८०

  • 1.2K
    SHARES

  • परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्रीबीच वासिंगटन डिसीमा भेटवार्ता

    काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिङ्केनसँग भेटवार्ता भएको छ ।

    अमेरिकी विदेश मन्त्रालयमा भएको भेटवार्तामा ब्लिङ्कनले नेपालमा बलियो र सम्बृद्ध लोकतन्त्र अपेक्षा गरेको बताएका छन् । उनीहरुबीच द्विपक्षीय सम्बन्ध तथा इजरायल प्यालेस्टाइन द्वन्द्वसहित अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको छ ।

    नेपाली दूताबासले जारी गरेको प्रेस नोटअनुसार भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार र मजबुत बनाउने प्रतिबद्धता नवीकरण गरेका छन् ।

    ‘लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै विदेशमन्त्री ब्लिङ्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताउनुभयो । उहाँले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो,’ प्रेस नोटमा भनिएको छ ।

    इजरायलमा हमास समूहको हमलामा मारिएका नेपाली विद्यार्थीको परिवारजनप्रति विदेशमन्त्री ब्लिङ्केनले सहानुभूति जनाएका छन् ।

    उनले बेपत्ता विपिन जोशीको मुक्तिका लागि चासो व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयको विज्ञप्ति अनुसार अमेरिकाले नेपालको साना तथा मझौला स्तरका उद्यमका लागि नेपाली बैंकमार्फत् १२ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ ।

    परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएको सन्दर्भमा विकासका प्राथमिकताहरू बताएका थिए ।

    उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोगका लागि आग्रह गरे । नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम र जीएसपी सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न परराष्ट्रमन्त्री साउदले अमेरिकालाई अनुरोध गरेका छन् ।

    मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।

    नेपाली समय अनुसार सोमबार साँझ पुगेका परराष्ट्रमन्त्री साउदलाई वासिङ्टन डिसीस्थित विमानस्थलमा नेपाली राजदूत श्रीधर खत्री तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।

    परराष्ट्रमन्त्रीले युएसएडका प्रशासक सामन्था पावर र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पि अल्ब्राइटसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले अमेरिकी कंग्रेसमा नेपालककसका सहअध्यष सांसद माइक कारेसँग पनि भेटवार्ता गर्ने छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend