काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता जारी छ। साउद र गुटेरेसबीच शान्ति प्रक्रियामा सद्भाव, नेपालको सामाजिक आर्थिक विकासमा सहयोग, पिस किपिंग अपरेशनलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।
अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री साउदले महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन् । चारदिने औपचारिक भ्रमणमा गुटेरेस आइतबार राति नेपाल आएका थिए । .
गुटेरेसले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट्ने कार्यसूची छ। गुटेरेसले सम्भवतः आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने बताइएको छ । उनले मंगलबार नेपालको संसद्मा सम्बोधन गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।