काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस काठमाडौं आएकै दिन परराष्ट्रमन्त्री एनपी साउद अमेरिका जाँदै छन् ।
उनले पाँच दिनको भ्रमणमा अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसहित उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
‘‘संयुक्त रास्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कात्तिक ११ को राति ९१२ गते बिहान नेपाल आएका हुन्। त्यही दिन महासचिव गुटेरेससँग कात्तिक १२ गते भेट गरेपछि माननीय परराष्ट्रमन्त्रीज्यू अमेरिका जाने गरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको छ,’ परराष्ट्रमन्त्रीको सचिवालयले बिहीबार जारी गरेको प्रेस नोटमा भनिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो । प्रधानमन्त्रीसँग चीनमा परराष्ट्रमन्त्री साउद साथमा थिए ।
उनी प्रधानमन्त्री प्रचण्डको विश्वासमा अमेरिका जान लागेका हुन् । २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलपछि कुनै पनि अमेरिकी विदेशमन्त्रीले हालसम्म नेपालको औपचारिक भ्रमण गरेका छैनन् ।
तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २०७५ पुस २ देखि ६ सम्म अमेरिकाको औपचारिक भ्रमणमा थिए ।
उनले ३ पुसमा अमेरिकी तत्कालीन विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए । पाँच वर्षपछि नेपालबाट परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण हुन लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।