बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चीनले हेप्यो नेपाललाई, तातोपानी नाकाबाट आफ्नो मात्र सामान पठाउँदै

चीनले हेप्यो नेपाललाई, तातोपानी नाकाबाट आफ्नो मात्र सामान पठाउँदै

  • मिडिया डबली
  • आइतवार, आश्विन २१ २०८०

  • 3.7K
    SHARES

  • चीनले हेप्यो नेपाललाई, तातोपानी नाकाबाट आफ्नो मात्र सामान पठाउँदै

    काठमाडौं - उत्तरतर्फको छिमेकी चीनले मुखले एउटा बोल्ने, काम भने अर्को गर्दै आएको छ ।

    भूकम्पको आठ वर्ष पाँच महिनापछि उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि खुलाइए पनि चीनले निर्यातलाई प्राथमिकता नदिँदा नेपाली व्यवसायी निराश भएका छन् ।

    गत भदौ १५ मा तातोपानी नाका सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । पूर्णरूपमा खोलिएको नाकामा हालसम्म चिनियाँले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेका छन् ।

    आयात दिनहुँ बढ्दो रहेको र निर्यात भने ठप्प भएपछि नेपाली व्यवसायी चिन्तामा परेको भोटेकोशी चेम्बर अफ कमर्सले जनाएको छ । स्थानीय व्यवसायीलाई नेपालबाट कुनै पनि स्थानीय उत्पादन र सामग्री चिनियाँ बजारमा लैजान दिइएको छैन ।

    चीनले गत वैशाखमा तातोपानी नाकाबाट निर्यात गर्ने बाटो खोलेको थियो । सीमा गाउँमा उत्पादित अर्गानिक साग, निगुरो, फलफूलसमेत चिनियाँ बजारमा लैजान दिइएको छैन ।

    नेपालमा बनेको एक पोका चाउचाउसमेत चिनियाँले लाँदैनन् । चिनियाँ मालसामान मात्रै बेच्ने चीनको नीतिले नेपाललाई घाटा परेको छ ।

    भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ जस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थे ।

    यहाँका सयौं व्यापारी निर्यातमा निर्भर थिए । तर अहिले चीनले निर्यात ठप्प बनाएको छ । वैशाख १८ मा निर्यात खुलेलगत्तै ७ कन्टेनरमा मुढा, मेट्रेस, कुर्सीलगायत ४३ लाख बराबरका सामग्री चीनमा पैठारी गरिएको थियो ।

    त्यसयता कुनै निर्यात हुन सकेको छैन । यस वर्ष चार अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य राखिएकामा अहिलेसम्म एक अर्ब ८० करोड संकलन भएको छ । 

    नाका खुलेको दिनबाहेक सामग्री अर्डर जिरो छ, सबै सामग्री रसुवागढी नाकाबाट ल्याएको हुनाले तातोपानीबाट अर्डर नगरेको चिनियाँ कम्पनीले बताउँदै आएका छन् ।

    तातोपानी हुँदै दिनहुँ ४० जना चिनियाँ नेपाल आइरहेका छन् भने दुई सयभन्दा बढी नेपाली सामान किन्न चिनियाँ बजार पुग्छन् । चीनले व्यवस्थित पार्किड, अध्यागमन, सुरक्षा तथा प्रशासनिक भवन र बजार ठड्याएको छ ।

    नेपालतर्फ मितेरी पुलनजिकै रहेको अध्यागमन कार्यालय कोदारीको आफ्नै भवन छैन, सञ्चालित भवन र कार्यालय राखिएको भाग जीर्ण छ । नियमित विद्युत् र सहज नभएकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकलाई भिसा इन्ट्री गर्न घण्टौंसम्म कुर्नुपर्ने बाध्यता छ ।

    खण्डहर घरले भरिएको लिपिङ बजार, जीर्ण अध्यागमन भवन र अव्यवस्थित भन्सार गेट, ध्वस्त सडक, क्वारेन्टाइनदेखि आयातित वस्तुको गुणस्तर परीक्षण गर्ने उपकरणसमेत छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend