काठमाडौं - टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीनवटा दुर्लभ कीर्तिमान बनाएको छ । चीनमा जारी एसियन गेम्समा पुरुष क्रिकेटअन्तर्गतको खेलमा नेपालले सबैभन्दा धेरै रन बनाउने, कम बलमा शतक र अर्धशतकको कीर्तिमान बनाएको हो ।
मंगोलिया विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३१४ रन बनायो । यो टी–२० अन्तर्राष्ट्रिय खेलकै सबैभन्दा उच्च स्कोर हो ।
नेपालले यसअघि अफगानिस्तानको नाममा रहेको २७८ रनको रेकर्ड तोडेको हो । खेलमा कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व रेकर्ड बनाएका छन् । मल्लले कुल ५० बलमा १३७ रन बनाए ।
यसअघि अष्ट्रेलियाका डेभिड वार्नर र भारतका रोहित शर्माले ३५ बलमा शतक बनाएर कीर्तिमान बनाएका थिए । मल्लले सो रेकर्ड तोकेका हुन् ।
दिपेन्द्रसिंह ऐरीले नौ बलमै ५० रन बनाएर अर्को विश्व रेकर्ड बनाएका छन् । ऐरीले भारतका युवराज सिंहका रेकर्ड तोडेका छन् । युवराजले १२ बलमा अर्धशतक बनाएका थिए । ऐरीले नौ बलमै अर्धशतक बनाएर युवराजको रेकर्ड तोडेका हुन् ।
अविश्वसनीय हिटिङ गर्दै ऐरीले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बलको सामना गर्दा उनले आठ छक्का हिर्काए ।
खेलमा कुशल भुर्तेलले १९, आशिफ शेखले १६, कुशल मल्लले १३७, रोहित पौडेलले २७ बलमा ६१ रन र दिपेन्द्र ऐरीले १० बलमा ५२ रन बनाए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।