एजेन्सी - नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ।दुबईमा बुधबार राति सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो।
दुबई अन्तर्राष्ट्रियअ क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रनमै समेटियो। राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए। यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए। राहुल टेवाटिया १४ रनमा अविजित रहे। दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए। यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले। धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए। राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए।
जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १र१ विकेट लिए।जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा २ हार र ६ जितसहित १२ अंक भएको छ। राजस्थान भने ८ खेलमा ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।