काठमाडौं - यूएईमा जारी १३ औँ संस्करणको ईन्डियन प्रिमियर लिग (आइपीएल) टी ट्वान्टी क्रिकेटमा गएराती सम्पन्न खेलमा हैदारावादले बलियो मानिएको रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ। हैदरावादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । शारझाँ क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १२१ रनको लक्ष्य हैदरावादले १४ ओभर १ बलमा ५ विकेट गुमाउँदै १२१ रन बनाएको हो ।
हैदरावादका लागि वासिन्टन सुन्दरले सर्वाधि ३९ रनको योगदान गरे । तयस्तै मनिस पाण्डे र जेसन होल्डरले समान २६–२६ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजेभेन्द्र चहालले सर्वाधिक दुई विकेट लिए । त्यस्तै वासिन्टन सुन्दर, नवदिव शैनी र इस्रु उडानाले समान एक–एक विकेट लिएका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो ।
बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै एबी डिभिलियर्सले २४ रन बनाउँदा वासिन्टन सुन्दरले २१ रन बनाए । बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा र जेसन होल्डरले समान दुई–दुई विकेट लिए । त्यस्तै नटराजन, साजव नदिम र राशिद खानले समान एक–एक विकेट लिए । यो खेलमा जित निकाल्दै हैदरावादले शीर्ष चारमा आफूलाई स्थापित गरेको छ । लिगमा १३ खेल खेलेको हैदरावादले १२ अंक जोड्दै आफूलाई प्लेअफका लागि बलियो बनाएको छ । बैंगलोर पराजित भएसँगै प्लेअफमा पुग्ने अवसरलाई गुमाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।