काठमाडाैं - १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा साविक बिजेता मुम्बई इन्डियन्सले पहिलो जीत दर्ता गरेको छ। बुधबार राती सकिएको खेलमा कोकत्ता नाइट राइडर्सलाई ४९ रनको फराकिलो स्कोरले हराउँदै मुम्बइले आफ्नो दोस्रो खेलमा पहिलो जीत दर्ता गरेको हो।
यस सिजनको ओपनिङ खेलमा साविक उपविजेता चेन्नई सुपरकिङसँग पराजित भएको मुम्बई आज रातीको खेलमा आफ्नो लयमा फर्कियो। मुम्बईले दिएको १९६ रनको विशाल लक्ष्य पुरा गर्न कोलकत्ताले सकेन। कोलकत्ताले ९ वीकेट गुमाएर १४६ रन मात्रै बनाउनसक्यो। कोलकत्ताका लागि पाटन कुमिन्सले सर्वाधिक ३३ रान जोड्दा कप्तान दिनेश कात्र्तिकले ३० रन र नितेश रानाले २४ रन बनाएर अन्य व्याट्समानको ब्याट चलेन।
मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, राहुल चहर र जस्प्रित बुम्राहले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८० रन बनाए । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे ।
रोहितले आज राती भएको खेलमा आइपीएलको लागि २०० छक्का पुरा गरेर आइपीएलमा रोहीत भारतीय खेलाडीमा दोस्रो र विश्व क्रिकेटमा चौँथो नम्बरमा छन्। कोलकाताका शिवम माभीले २ विकेट लिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।