आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइपीएल : बैंगलोरको सुखद सुरुवात

आइपीएल : बैंगलोरको सुखद सुरुवात

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 5.6K
    SHARES

  • आइपीएल : बैंगलोरको सुखद सुरुवात

    काठमाडौं - कोरोना भाइरसको संक्रमणको त्राससँगै यसपाली भारतमा नभई यूएईमा भइरहेको १३ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) टीट्वान्टी क्रिकेटमा रोजय च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ। सोमबार राती सकिएको खेलमा सनराइजर्स हैदाराबादलाई १० रनले हराएको हो।

    १६४ रनको लक्ष्य पछ्याएको हैदाराबादले १९.४ ओभरमा सबै वीकेट गुमाउँदै मात्र १५३ बनायो। हैदाराबादका लागि जोनी बेयरस्टाले अर्धशकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। उनले ४३ बल खेल्दा ६ चौका र २ छक्का लगाएर ६१ रन बनाएका थिए। मनिष पाण्डेले पनि ३४ रन बनाए भने प्रियाम गर्गले मात्र १२ रन बनाएर अन्य कोहीले दोहोरो अंक जोड्न सकेनन्।

    बलिङमा बैंगलोरका युजभेन्द्र चहालले ३ वीकेट लिएर, सिभम दुबे र नवदीप शैनीले समान दुई वीकेट लिए भने डेले स्टेनले एक वीकेट लिए। टस हारेल पहिले ब्याटिङमा आएको बैंगलोरले निर्धारिट २० ओभर खेल खेल्दै मात्र ५ वीकेट गुमाएर १६३ रनको बनाएर १६४ को तार्गेट दियो। बैंगलोरका लागि देवदत्ता पडिकालले ४२ बल खेलेर ८ चौकाको सहगोगमा ५६ रनको राम्रो पालि खेले।

    त्यस्तै एबी डी भिलियर्सले पनि ३० बल मात्रै खेलेर ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए। बैंगलोरका फिन्चले २९ रन बनाउँदा कपल विराट कोहलीको ब्याट खुलेन। उनले जम्मा १४ रन बनाए। शिभम दुबेले पनि ७ रन लिए। हैदाराबादका लागि बलहरुले थानगार्सु नताराजन, विजय शंकर, अभिशेक शर्माले एकेक वीकेट हात पारे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:५९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend