काठमाडौं - यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । सिजनको आफ्नो तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेर खाता खोलेको हो। यस अघिका दुवै खेल हारेको थियो।
सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन बनाउँदा शिम्रोन हेटमायर २१ रनको योगदान गरे ।
बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो ।
हैदरावादका लागि जोनी बेरेस्टोले अर्धशतकीय पारी खेले । ४८ बल खेलकका बेरेस्टोले २ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै डेविद वार्नरले ४५ रन बनाउँदा केन विलियम्सनले ४१ रनबको योगदान गरे । हैदरावादका लागि हैदरावादका लागि अब्दुल सामले १२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।