आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सन्दीप लामिछाने नखेलेको खेलमा पनि दिल्लीले बेंगलोरलाई हरायो

सन्दीप लामिछाने नखेलेको खेलमा पनि दिल्लीले बेंगलोरलाई हरायो

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 6.0K
    SHARES

  • सन्दीप लामिछाने नखेलेको खेलमा पनि दिल्लीले बेंगलोरलाई हरायो

     काठमाडौं - नेपाली लेगस्पीनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापीटल्सले गएराती सकिएको खेलमा पनि जित निकालेको छ। उसको यो चौँथो जित हो। दिल्ली यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा छ।

    भारतीय टीमको क्याप्टेनसमेत रहेका बिराट कोहोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। जितका लागि १९७ रनको फराकिलो स्कोर पच्छ्याएको बेंगलोरले २० ओभरमा ९ वीकेटकै क्षतिमा मात्र १३७ रन बनाउन सक्यो। बेंगलोरका कप्तान कोहलीले सर्वाधिक ४३ रन बनाउन सके। दिल्लीका फास्ट बलर कसिगो रबाडाले ४ तथा अक्षर पटेलले २ वीकेट हात पायरे।

    त्यस अघि दुबई इन्टरनेशनल त्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट मात्रै गुमाएर १९६ रन बनाएको थियो। दिल्लीका लागि मार्किस स्टोइनिसल अविजित अर्धशतिकय पारी खेले उनले ५३, पृथ्वी शाले ४२, ऋषभ पन्तले ३७ रन बनाए। अन्य ब्याट्सम्यानले पनि रन उकास्न राम्रो योगदान गरे। ​

    बेग्लोरका मोहम्मद सिराजले २ तथा मोईन अलीले १ विकेट लिए। यसैबिच दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो। मुम्बई ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ। प्रतियोगिता अन्तरगत मंगलबार मुम्बई इन्डियन र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:५९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend