बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

  • मिडिया डबली
  • मंगलवार, भाद्र २६ २०८०

  • 3.3K
    SHARES

  • एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

    काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो ।

    अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो । उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

    नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको छ । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्म भएको थियो।

    उनि इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म उनि राष्ट्रिय सभाका सांसद बन्नु बनेका थिए।

    २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख भएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

    नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ५ २०७९१०:५४:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend