काठमाडौं, २३ भदौ - सुुवास नेम्वाङ एमाले संसदीय दलका उपनेता हुन् । संसदीय दलको उपनेता हुनुभन्दा अगाडि नै उनी संविधान सभाको अध्यक्ष पनि भए ।
पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष भएका नेम्वाङले व्यवस्थापिका संसद बैठकमा सभामुखको पनि भूमिका निभाए । उनकै पालामा संविधान सभाका सदस्यरूले बैठक कक्षका टेवुल, कुर्सी र माइकहरू भाँचेका थिए ।
संविधान सभा सदस्य तथा सांसदहरूको कयौँ अवरोध झेलेका नेम्वाङले भन्ने गर्थे, ‘माननीय सदस्यज्यूहरू बस्नुस् । तपाइँहरुको कुरा मैले सुनेँ ।’
तर, बुधबार उनै नेम्वाङ संसदको रोष्टम अगाडि उभिएर सभामुखविरुद्ध नाराबाजी गरे । सँगै रहेका आफ्नो पार्टीका सांसदहरुलाई पनि उनले नाराबाजीमा सहभागी हुन आग्रह गरे ।
बुधबार संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले अवरोध गरेका छन् । एमालेकै सांसदहरूको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।