बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सुवास नेम्वाङ र प्रेम आलेबीच खिचडी के पाक्दैछ ?

सुवास नेम्वाङ र प्रेम आलेबीच खिचडी के पाक्दैछ ?

  • मिडिया डबली
  • बिहिवार, आषाढ ९ २०७९

  • 5.1K
    SHARES

  • सुवास नेम्वाङ र प्रेम आलेबीच खिचडी के पाक्दैछ ?

    काठमाडौं - एकीकृत समाजवादीले आफूलाई मन्त्रीबाट हटाउन लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पार्टी छाड्ने मनस्थितिमा पुगेका छन् ।

    एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको अवस्थामा आफू मन्त्रीबाट बाहिरिने भएपछि उनी एमाले फर्किनका लागि आन्तरिक रूपमा कसरत बढाएका छन्।

    मन्त्रीबाट फिर्ता गराउने तयारी गरेपछि अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट बनेका आलेले गृहजिल्ला डोटीका एकीकृत समाजवादीका नेताहरूलाई एमाले अध्यक्ष केपी ओलीसँग भेट्न पठाएका छन्।

    एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीसहितका नेताहरू ओली निवास बालकोटमा छलफलका लागि गएको बुझिएको छ । गत वर्ष असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने क्रममा तत्कालीन एमालेको माधव नेपाल पक्षमा खुलेर देउवालाई मत दिएका आले एमालेमा फर्किन लागेपछि एकीकृत समाजवादीमा पराकम्प गएको छ ।

    भदौ ३ गतेको पार्टी विभाजनमा एकीकृत समाजवादीतर्फ लागेका उनले एमाले फर्कन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन्।

    आले आफैँले पनि ओलीको विश्वासपात्रसमेत रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग निरन्तर छलफल गर्दै आएका छन् । आलेले नेम्वाङसँग प्रत्यक्ष र टेलिफोन सम्वाद गरिरहेका स्रोतले बताएको छ।

    यदि आले असन्तुष्ट भएमा एकीकृत समाजवादीका करिब नौजना सांसद एमालेमै फर्किेन बुझिएको छ । एकीकृत समाजवादीमा आलेको स्थिति निकै मजबुत रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २६ २०८००८:२४:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend