बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीले यिनलाई राष्ट्रपतिमा अघि सार्ने भएपछि सुवास नेम्वाङ झनक्क

ओलीले यिनलाई राष्ट्रपतिमा अघि सार्ने भएपछि सुवास नेम्वाङ झनक्क

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 11.1K
    SHARES

  • ओलीले यिनलाई राष्ट्रपतिमा अघि सार्ने भएपछि सुवास नेम्वाङ झनक्क

    काठमाडौं- सुवासचन्द्र नेम्वाङ एमालेका त्यस्ता भाग्यमानी नेता हुन्, जसले ३० वर्षदेखि लाभैलाभ लिएका छन् । राष्ट्रिय सभा सदस्य हुँदै कानुनमन्त्री बनेर एमालेको उपाध्यक्षसमेत भएका नेम्वाङ सभामुख र संविधानसभा अध्यक्षसमेत भए । सामान्य कानुन व्यवसायी नेम्वाङको अहिले न्यायालयमा बलियो पकड छ । सोही कारण उनी एमालेमा पनि प्रभावशाली मानिन्छन् । अरुले दिएको सुझाव र सल्लाह फिसिक्क हाँसेर टार्ने नेम्वाङ पार्टी अध्यक्ष केपी ओलीको भने धेरै नै विश्वास गर्छन् । त्यही भएर ओलीले दुई दुईपटक संसद् विघटन गर्दा पनि नेम्वाङले विरोध गरेनन् । बरु ओलीको बचाउ नै गरे ।

    आफूले लगाएको गुणले गर्दा यसपटक ओलीले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउने विश्वास नेम्वाङलाई थियो । तर अहिले ओलीले राष्ट्रपतिमा अरुलाई नै अघि सार्ने संकेत देखिएपछि उनी भड्किएका छन् । राष्ट्रपति कसलाई बनाउने भन्नेमा ओलीको मात्र निर्णयले हुँदैन । राष्ट्रपति विद्यादेवी भण्डारीको पनि ग्रिन सिग्नल चाहिने भएकाले को उम्मेदवार बन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । तर पनि ओली आफ्नो पकेटको मान्छेलाई जुनसुकै हालतमा शीतल निवासको कुर्सीमा पठाउन चाहन्छन् । त्यसका निम्ति केही नाम टिपेर खल्तीमा राखिसकेका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने सर्त अघि सारेपछि अप्ठेरोमा परेका ओलीले अहिलेसम्म आफ्नो उम्मेदवारबारे मुख खोल्न सकेका छैनन् ।

    अलि अगाडिसम्म सुवास नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सत्यनारायण मण्डललगायत नाम एमालेबाट राष्ट्रपतिको सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए । तर, पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्मालाई जिल्याउँदै अकस्मात देवराज घिमिरेलाई अध्यक्ष ओलीको एकल चाहनामा सभामुख बनाइएकै शैलीमा अन्तिम समयमा विष्णु रिमाल, डोरमणि पौडेल वा गुरु बराललाई शीतल निवास पठाइने हल्ला चलेपछि राजनीतिक वृत्त गर्माएको छ । यी तीनजनाको नाम एकाएक चर्चामा आएपछि उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको चुनावले अर्को झड्का दिने सम्भावना देखिएको छ ।

    अध्यक्षपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष हुन खोजेका उनलाई संसद् विघटनको बचाउमा त्यति धेरै नबोलेको भनेरै उपाध्यक्षमा पनि तलतिर पारिएको थियो । अहिले राष्ट्रपतिको आकांक्षा राखेका उनलाई रोक्न अध्यक्षले त्यसैगरी अरु पात्र अघि सारेपछि शीतल निवासको कुर्सीमा पुग्ने आश मर्दै गएको छ । त्यसैले आफूलाई भेट्न आउने निकटहरूसँगको कुराकानीमा नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दह्रो खुट्टो टेकिदिए हुन्थ्यो भनेर भन्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend