बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँ राजदूतलाई देश निकालाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

चिनियाँ राजदूतलाई देश निकालाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २२ २०८०

  • 3.9K
    SHARES

  • चिनियाँ राजदूतलाई देश निकालाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

    काठमाडौँ-  कूटनीतिक मर्यादा विपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले एक प्रदर्शन गरी नेपाल स्थित चिनियाँ राजदूतको पुतला दहन गरेको छ।

    राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादव को नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको बिरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहीदैन, देश डूबाउन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बंद गर,चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएका थिए।

    प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पुर्बेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत संबध बिगार्ने उदेश्यले दिएको अभिब्यक्ति निंदनीय रहेकोले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्नु पर्ने बताउनु भएको छ।

    नेपाल भारत जल बिधूत समझौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यस बाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले यों चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप लगाउनु भएको छ।

    प्रदर्शनमा अभियानका संजीव झा,राम करण साह,संजय यादव,गौतम झा,राजू कापर,अनुराग चौधरी,सुमित महरा,शिव नाथ साहलगायतको अभियानीहरु सहभागि थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend