बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दुजाङ शेर्पाप्रति असन्तुष्टि जनाउँदै सानेपामा नेविसंघका नेता अनसनमा

दुजाङ शेर्पाप्रति असन्तुष्टि जनाउँदै सानेपामा नेविसंघका नेता अनसनमा

  • मिडिया डबली
  • बिहिवार, श्रावण ३२ २०८०

  • 1.6K
    SHARES

  • दुजाङ शेर्पाप्रति असन्तुष्टि जनाउँदै सानेपामा नेविसंघका नेता अनसनमा

    काठमाडौं - नेविसंघको असन्तुष्ट पक्षले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन सुरू गरेका छन्। बुधबार अपराह्नदेखि रिले अनशन सुरू गरिएको नेता विनोद शाही ठकुरीले जानकारी दिए।

    नेविसंघ केन्द्रीय समिति विधानअनुसार समावेशी बनाउनुपर्ने उनले बताए। नेविसंघका नेता योगेन्द्र रावलका अनुसार विधानसम्मत केन्द्रीय समिति गठनको माग गर्दै अनशन गरिएको हो।

    नेताहरूका भागबन्डाका आधारमा तदर्थ समिति बनाइएको र उक्त समिति विधानसम्मत नभएको दाबी असन्तुष्ट पक्षको छ। नेविसंघ केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थी नेताहरूले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखकलगायतलाई नेविसंघ विधान बुझाउँदै विधानसम्मत समिति गठन गर्न माग गरेका छन्। पार्टीले विधानअनुसार नेविसंघ गठन नगरे समानान्तर समिति घोषणा गर्ने चेतावनी असन्तुष्ट पक्षको छ।

    उनीहरूले गत साउन २४ गते सानेपामा विद्यार्थी भेला गरेर नेविसंघ समानान्तर समिति घोषणा गर्ने तयारी गरेका थिए। नेविसंघ अध्यक्ष शेर्पा पक्ष र असन्तुष्ट पक्षले सानेपास्थित पार्टी कार्यालय अघि सडकमा एकअर्काविरूद्ध नाराबाजी गरेका थिए।

    ठूलो संख्यामा प्रहरी परिचालन गरेर समानान्तर समिति गठनको कार्यक्रम कांग्रेस केन्द्रीय कार्यालयले नै रोकेको थियो। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेविसंघ पनि असन्तुष्ट छन्।

    आफूहरूले नाम बुझाएका २१ जनाको नाम काटिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन्। साथै सभापति शेरबहादुर देउवालाई भेटेर नेविसंघ केन्द्रीय समिति समावेशी गराउन मागसमेत भएको छ।

    नेविसंघ केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै एलिजा ढकाल र मुकेश घिमिरेलगायतले पनि केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ गठन गर्दा समावेशी नभएको भन्दै चर्को विरोध भइरहेको हो।

    विद्यार्थी नेताहरूको असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो त्यसलाई थप विवादित तुल्याउन नेविसंघ अध्यक्षले नै भूमिका खेलिरहेको विद्यार्थी नेताहरूको आरोप छ।

    नेविसंघ काठमाडौँ जिल्ला सभापति, शंकरदेव क्याम्पस इकाइ सभापति, त्रिभुन विश्वविद्यालय कीर्तिपुर नेविसंघ इकाइ सभापतिलगायत थुप्रै ठाउँमा केन्द्रीय सभापति शेर्पाले ब्रकदृष्टि देखाएपछि चरम असन्तुष्टि निम्तिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २३ २०८००३:२३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend