आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

७११ सदस्यीय जम्बो कार्यसमिति बनाइए पनि नेविसंघमा मारामार, विद्रोहको चेतावनी

७११ सदस्यीय जम्बो कार्यसमिति बनाइए पनि नेविसंघमा मारामार, विद्रोहको चेतावनी

  • मिडिया डबली
  • मंगलवार, श्रावण २३ २०८०

  • 18.9K
    SHARES

  • ७११ सदस्यीय जम्बो कार्यसमिति बनाइए पनि नेविसंघमा मारामार, विद्रोहको चेतावनी

    काठमाडौं - नेपाल विद्यार्थी संघको ७११ सदस्यीय जम्बो कार्यसमिति बनाइए पनि नेपाली कांग्रेसमा असन्तुष्टि मत्थर हुनुको सट्टा बढ्दो छ ।

    सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पा नेतृत्वको नेविसंघमा ७१० जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए । तर नेविसंघको इतिहासमै सबैभन्दा ठूलो कार्यसमिति बने पनि कांग्रेसमा विवाद झन् बढेको छ ।

    कांग्रेसले लामो समयसम्म महाधिवेशन हुन नसक्दा नेतृत्व जाम भएपछि ७१० जना सम्मिलित कार्यसमिति बनाएको थियो । तर कांग्रेसको संस्थापन इतर र संस्थापनभित्रै पनि नवगठित तदर्थ समितिलाई लिएर तीव्र असन्तुष्टि उत्पन्न भएको छ ।

    नेविसंघमा गरेको मनोनयनलाई लिएर नेता कृष्णप्रसाद सिटौला समूहले आपत्ति जनाएको छ। सिटौला समूहले उक्त मनोनयनप्रति आपत्ति जनाउँदै समानान्तर समितिको अभ्यासमा जाने चेतावनी दिएको हो।

    नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले यो मनोनयनबाट संगठन अघि बढ्न नसक्ने बताएका छन् । हिजो विद्यार्थीका सारथि भएका, विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य नहुने उनको भनाइ छ ।

    मनोनयनलाई नसच्याए विद्रोह गर्ने सिटौला समूहले चेतावनी दिएको छ । संस्थापन इतर समूह पनि अहिलेको मनोनयनसँग सन्तुष्ट छैन ।

    टुँडिखेलमै केन्द्रीय समितिको बैठक बस्नुपर्ने गरी तदर्थ समिति बनाएको शेखर–गगन समूहले असन्तुष्टि जनाएको हो । धेरै संघर्ष गरेका विद्यार्थी नेता मनोनयनमा नपरेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend