काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघमा कहिल्यै विवाद समाधान नहुने भएको छ । एउटा न एउटा विवाद देखाएर आन्दोलन गर्ने, धर्ना र अनशन दिने काम हुँदै आएको छ ।
जसको असर स्ववियु निर्वाचनमा देखिएको छ । कांग्रेसमा झैं नेविसंघमा पनि दुई तीनवटा समूह छ । एउटाले अर्काको विरोध गर्दै आउने गरेका छन् । अघिल्लो वर्ष कांग्रेसले दुजाङ शेर्पालाई अध्यक्षमा मनोनीत गरेको थियो ।
शेर्पालाई स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सकिएको तीन महिनामा नेविसंघको महाधिवेशन गराउन निर्देशन दिइएको थियो । तर आजसम्म पनि नेविसंघको महाधिवेशन हुन सकेको छैन ।
बरु शेर्पाले भटाभट आफू निकटलाई जिल्ला सभापति मनोनीत गरे । अध्यक्ष शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।
म्याद सकिसकेको सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत् सङ्घर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेको हो ।
शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ । उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२औं महाधिवेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् ।
पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेटअनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाएका छन् । नेविसंघका असन्तुष्ट पक्षले अनशन सुरु गरेको आइतबार दोस्रो दिन हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।