बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा फेरि बढ्यो चीनको गतिविधि, हरेक महिना दुईवटा टोली नेपाल पठाउँदै

नेपालमा फेरि बढ्यो चीनको गतिविधि, हरेक महिना दुईवटा टोली नेपाल पठाउँदै

  • मिडिया डबली
  • बुधवार, श्रावण ३१ २०८०

  • 1.6K
    SHARES

  • नेपालमा फेरि बढ्यो चीनको गतिविधि, हरेक महिना दुईवटा टोली नेपाल पठाउँदै

    काठमाडौं - केही समययता नेपालमा चिनियाँ गतिविधि ह्वात्तै बढेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै चिनियाँ गतिविधि बढेको थियो ।

    बीचको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अलि कम भएको थियो । पाँच महिनायता चिनियाँ नेताहरू नेपाल भ्रमणमा आएको आयै छन् । पछिल्लो समय चीनले नेपालमा महिनामा दुईवटा टोली भ्रमणमा पठाउने गरेको छ ।

    भारत, अमेरिकालगायत देशको प्रभाव नबढोस् भन्दै चीनले सानादेखि ठूला नेतासम्म नेपाल पठाउने गरेको छ । महिनामा दुईवटासम्म चिनियाँ टोली आउँदा अरु देशलाई गतिविधि गर्न अप्ठेरो परोस् भन्ने बुझाई चीनको देखिएको छ ।

    सोही कारण चीनले अघोषित रूपमा नेपालमा राजनीतिक हस्तक्षेप गरिरहेको बुझाई कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।

    नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन उडेको भोलिपल्टै बुधबार चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ ।

    नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।

    चिनियाँ सेनाको उक्त टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको हो । चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । दुई साताअघि मात्रै उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएर फर्केको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend