काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा पहिलोपल्ट भ्रष्टाचारको मुद्दाका विषयले प्रवेश पाएको छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बुँदागत रूपमा उम्मेदवार बनाउने, भ्रष्टाचारीलाई कारबाही गर्ने, सरकारमा रहने कि नरहने, अन्तर्घातीलाई कारबाही गर्दा अनुशासन समितिले गरेका निर्णयमा प्रश्नचिन्ह, कोशी प्रदेशका सभामुखलगायतका विषयमा आफ्नो धारणा राखेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले प्रत्येक सदस्यलाई सात मिनेट बोल्ने मौका दिएका छन् । केन्द्रीय सदस्य शिवाकोटीले बोल्दाबोल्दै माइक काटिएको थियो ।
उनले महामन्त्रीद्वयले प्रस्तुत गरेको कार्ययोजनाको समर्थन गर्दैै पार्टीले छनोट गर्ने उम्मेदवारको विषयमा प्रश्न उठाएका छन् । उनले पार्टीको उम्मेदवार सिफारिस गर्दा कार्यकर्ता र मतदातालाई सहभागिता गराउनुपर्ने धारणा राखे ।
यसो हुन सकेमा रकम खर्चेर टिकट लिएको वा दिलाएको तथा मेरो मान्छेले टिकट नपाए देखाइदिन्छु भन्ने सामग्री सामाजिक सञ्जालमा आउनबाट रोकिने उल्लेख गरे ।
नेता शिवाकोटीले भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न नसक्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणका विषयमा पार्टीले दोहोरो नीति अख्तियार गरेको बताए । उनले कि खाँणलाई निलम्बन गरौं कि सरकार छाडौं भन्दै नेतृत्वको ध्यानाकर्षण गराए ।
देशभित्र रहँदासमेत राजनीति तथा प्रसासनको आस र त्रासमा रहेको ठूलो पंक्ति विदेशिएसँगै ठूलो परिवर्तन नेपाली समाज र राजनीतिमा पनि प्रभाव देखिन थालेको उल्लेख गर्दै उनले अनेक चुनौतीका बाबजुद वैदेशिक रोजगारीमा पुगेको यो पुस्ता आर्थिक रुपमा सबल हुँदै गर्दा नेपालमा आस र त्रासमा रहेका सबै वन्धनहरु चुँडिदै गएकाले यो पुस्ताको स्प्रिट नै नेपाली राजनीतिको लागि चुनौती बनेको धाराण राखे
शिवाकोटीले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै सार्वजनिक सञ्चार माध्यममा व्यक्त धारणाका विषयमा पार्टीकै जिम्मेवार व्यक्तिले केन्द्रीय समितिको हलमा बुलिङ गर्नु गैरलोकतान्त्रिक भएको बताउँदै यस्तो कार्य कोही कसैमाथि नदोहोरियोस् भन्ने धारणा राखे ।
पार्टी अनुशासन, अग्रजको सम्मान र सम्वन्धको सीमालाई समेत मध्यनजर गर्दै यस्ता कार्यमा नलाग्न सम्वन्धित उनले आग्रह गरेका छन् । केन्द्रीय समिति बैठकको पहिलो दिन नेतृ आरजु देउवाले आफूमाथि अपशब्द बोलेको उनको भनाइ छ ।
केन्द्रीय सदस्य शिवाकोटीले बैठकमा राखेका विचार यसप्रकार छन् :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।