काठमाडौं -नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्वकर्मचारीलाई अख्तियारमा लैजान रोक्नुपर्ने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्वकर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएकाले राजनीतिक साँठगाँठको भण्डाफोर गर्नुपर्ने उनको भनाइ छ ।
नेता शिवाकोटीले आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राजनीतिक शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले पुष्टि गरेको उल्लेख गरेका छन् ।
‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेको समेत उनीहरुको विवादास्पद गतिविधीले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउँथ्यो ? बिभिन्न प्रभावमा परेर प्रभावशालीहरुलाई उन्मुक्ति दिन नलागेकै हुन्थ्यो भने अख्तियारले उन्मुक्ति दिएका पूर्व तथा बहालवाला कर्मचारी यतिखेर सीआइबीको खोरमा समेत जाकिँदैनथे। त्यसैले स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्वकर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौं। आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता सॉंठगाँठको भण्डाफोर गरौं,’ शिवाकोटीले लेखेका छन् ।
अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, नवीन घिमिरे, सूर्यनाथ उपाध्यायलगायत आयुक्तहरू पनि भ्रष्टाचार काण्डमा मुछिएका छन् । बहालवाला प्रमुख आयुक्त प्रेमकुमार राई त सचिव हुँदै भ्रष्टाचारमा मुछिएका पूर्वकर्मचारी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।