काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरु भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जानकारी नरहेको बताएका छन् ।
उनले सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताएका छन्।
साउदले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दुतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताएका छन् ।
मन्त्री साउदले रुस सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको अध्ययनको चरणमा रहेको जानकारी दिएका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।