आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

परराष्ट्रमन्त्री साउदको पहलमा महाकाली तेस्रो चरणको नहरमा भोलिदेखि परीक्षणका लागि पानी छोडिने

परराष्ट्रमन्त्री साउदको पहलमा महाकाली तेस्रो चरणको नहरमा भोलिदेखि परीक्षणका लागि पानी छोडिने

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 4.9K
    SHARES

  • परराष्ट्रमन्त्री साउदको पहलमा महाकाली तेस्रो चरणको नहरमा भोलिदेखि परीक्षणका लागि पानी छोडिने

    काठमाडौं - महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको नहरमा शुक्रबारदेखि परीक्षणका लागि पानी छोड्ने भएको छ । 

    आयोजनाले जारी गरेको सूचनामा शुक्रबार नहरमा पानी छोडिने उल्लेख छ । उसले ब्रम्हदेवदेखि फुलैलीको घरकटुवासम्म नहरमा पानी छोडिने भएकाले सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन पनि आग्रह गरेको छ ।

    १८.५ किलोमिटर मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री एनपी साउद सिँचाइ मन्त्री भएका बेला महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य सुरु भएको हो ।

    नेपाल–भारतबीच २०५२ माघ २९ गते भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ ।

    सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ ।

    यसका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ ।

    तत्कालीन सिँचाइमन्त्री साउदका पालामा मूल नहर, शाखा नहर र प्रशाखा नहर निर्माणका लागि धेरै काम भएको थियो । सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३/०६४ देखि निर्माण थालिएको नहरमा अबदेखि पानी सञ्चालन हुने भएको हो ।

    वैशाखको अन्तिम साता भारत भ्रमणमा गएका बेला परराष्ट्रमन्त्री साउदले महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरमा पानी छोड्न भारत सरकारसँग आग्रह गरेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको औपचारिक भेटवार्तामा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरमा पानी छोड्ने विषय उल्लेख गरेका थिए । सोहीअनुसार भोलिदेखि पानी छोड्न लागिएको महाकाली तेस्रो चरणका प्रमुख रणबहादुर बमले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend