काठमाडाैं -अजरबैजानका राष्ट्रपति इल्हाम हेदर ओग्लु अलिएभ र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएकाे छ ।
असंलग्न आन्दोलनको समन्वय ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बाकु पुगेका मन्त्री साउदले मन्त्रीस्तरीय बैठक सफलतापूर्वक आयोजना गरेकोमा बधाई दिएका छन् ।
उनीहरुबीच दुई देशबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगलाई थप मजबुत बनाउन पारस्परिक हितका विषयमा विचार आदानप्रदान भएकाे थियाे ।
भ्रमणका क्रममा साउदले अजरबैजान सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्नेछन्। मन्त्री साउद असार २३ गते स्वदेश फर्किनेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।