आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

परराष्ट्रमन्त्री एनपी साउद मंगलबार अजरबैजान प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद मंगलबार अजरबैजान प्रस्थान

  • मिडिया डबली
  • मंगलवार, आषाढ १९ २०८०

  • 978
    SHARES

  • परराष्ट्रमन्त्री एनपी साउद मंगलबार अजरबैजान प्रस्थान

    काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउद मगलबार अजरबैजान प्रस्थान गरेका छन् ।

    असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री साउद त्यसतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अजरबैजानको राजधानी बाकुमा मंगलबारदेखि बिहीबारसम्म ‘असंलग्न आन्दोलनः उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका बैठक सुरु भएको छ ।

    मन्त्री साउदले सोही बैठकलाई बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजानका उच्च अधिकारी र सहभागी राष्ट्रका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    चार दिने भ्रमण सकेर साउद शनिबार स्वदेश फर्कर्ने छन् । बेलायत र भारतको औपचारिक भ्रमण गरिसकेका मन्त्री साउदको यो तेस्रो विदेश भ्रमण हो ।

    यसपछि आगामी सेप्टेम्बरमा उनी चीन भ्रमणमा जाने तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै उनी चीन जाने गृहकार्य सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend