आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवा भाग्यले होइन, योग्यताले पाँचपटक प्रधानमन्त्री भएका हुन्ः परराष्ट्रमन्त्री साउद

देउवा भाग्यले होइन, योग्यताले पाँचपटक प्रधानमन्त्री भएका हुन्ः परराष्ट्रमन्त्री साउद

  • मिडिया डबली
  • आइतवार, आषाढ १७ २०८०

  • 3.1K
    SHARES

  • देउवा भाग्यले होइन, योग्यताले पाँचपटक प्रधानमन्त्री भएका हुन्ः परराष्ट्रमन्त्री साउद

    काठमाडौं  - परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भाग्यले नभई योग्यताले पाँचपटक प्रधानमन्त्री भएको बताएका छन् ।

    आइतबार नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले पार्टीको विचारकै कारण देउवाले प्रधानमन्त्री बन्ने अवसर पाइरहेको बताएका हुन् ।

    ‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। तपाईं कसैलाई पाउनु हुन्छ पाँचपटक लट्री परेको मान्छे ? कहीँ पाँचपटक एकै मान्छेलाई लट्री पर्छ ? शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो।नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएको हो । किनभने यो पार्टी सबै पार्टीलाई संगसंगै लैजान सक्ने पार्टी हो,’ साउदले भने ।

    उनले कांग्रेसले अन्तर्रास्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्ने, लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सक्ने भएकाले लोकतन्त्रका सबैभन्दा भरपर्दो पार्टी भएको उल्लेख गरे ।

    ‘नयाँ नयाँ पार्टी आइरहेका छन्। सोसल मिडियाबाहेक उनीहरुको कतै संगठन छैन। उनीहरु अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन् । पार्टी पद्धतिमा विश्वास गर्दैनन् । पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चलन गर्न सक्दैनन्। त्यही भएर लगातार विवादमा परिराखेका छन्,’ उनले भने । मन्त्री साउदले कम्युनिस्ट नेता र पार्टीको विचारको पनि आलोचना गरे ।

    ‘वामपन्थीको चिन्तन उत्पादन नबढाउने, वितरणमात्र बढाउने हुन्छ। बाँड्दै जाँदा सबैलाई पुग्ने गरी बाँड्नु पर्छ। तर उनीहरु सबैलाई पुग्ने गरी बाँड्दैनन्। कतै धेरै त कतै अनिकाल पर्ने गरी वितरण गर्छन्। एमाले नेतृत्वको सरकारले आर्थिक अनिकाल आउने परिस्थिति निर्माण गरेको छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २८ २०७८०१:१७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend