बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

चीनले देखायो असली अनुहार, नेपाली जनतालाई यसरि बनायो 'पंगु'

चीनले देखायो असली अनुहार, नेपाली जनतालाई यसरि बनायो 'पंगु'

  • मिडिया डबली
  • बुधवार, आषाढ ६ २०८०

  • 216.6K
    SHARES

  • चीनले देखायो असली अनुहार, नेपाली जनतालाई यसरि बनायो 'पंगु'

    काठमाडौं - छिमेकी देश चीन नेपालको हितभन्दा बढी आर्थिक स्वार्थमा लागेको देखिएको छ ।

    उसले विभिन्न डरत्रास देखाएर आफ्ना निजी स्वार्थ नेपालबाट पूरा गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणले स्पष्ट पारेको छ ।

    केपी ओली प्रधानमन्त्री भएका बेला महँगो ब्याजदरमा चीनसँग ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको थियो । तर निर्माण भई सञ्चालनमा आएको ६ महिनासम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

    जसकारण विमानस्थल निर्माण नेपालका लागि निकै महँगो र घाटा पर्ने देखिएको छ । त्यसमाथि यो आयोजना चीनको रणनीतिक प्रोजक्ट भएको खुलासा भएपछि आमजनता चिन्तामा परेका छन् ।

    नेपालले विमानस्थल चीनको ऋण सहयोगमा बनेको बताउँदै आएको थियो । तर नेपालका लागि चीनका राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत निर्माण भएको बताएका छन् ।

    बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

    यसअघि पोखरा विमानस्थल उद्घाटनको क्रममा दूतावासका उपप्रमुखले पनि यो परियोजना चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाअन्तर्गत बनेको बताएका थिए। जसले चौतर्फी खैलाबैला भएको थियो ।

    राजदूत छनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले काम गरेको बताए।

    सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरु भएको थियो।

    सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो।

    पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ। विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुने अवस्था आएपछि नेपाललाई ठूलो ऋणभार थपिने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend