सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वामदेवले ओलीपछिको वरीयता मागेपछि एमालेमा हलचल

वामदेवले ओलीपछिको वरीयता मागेपछि एमालेमा हलचल

  • मिडिया डबली
  • सोमवार, आषाढ ४ २०८०

  • 3.8K
    SHARES

  • वामदेवले ओलीपछिको वरीयता मागेपछि एमालेमा हलचल

    काठमाडौं - नेत्रविक्रम चन्द विप्लव संसदीय मोर्चामा अवतरण हुन लागेका छन् ।

    माओवादी, जसपा र एकीकृत समाजवादीको पहलमा बन्न लागेको समाजवादी मोर्चामा विप्लव पनि सामेल हुने भएका छन् ।

    माओवादीमा नेतृत्वको संकट परेकाले समाजवादी मोर्चा हुँदै विप्लवलाई पार्टीमा प्रवेश गराउने पुष्पकमल दाहाल प्रचण्डको रणनीति छ ।

    सोही रणनीतिअनुसार सोमबार समाजवादी मोर्चाको घोषणा हुने छ । जसमा बाबुराम भट्टराईलाई भने सहभागी गराइने कि नगराइने भन्ने टुंगो लागिसकेको छैन ।

    किनकि आइतबार भएको बालुवाटारको छलफलमा बाबुरामलाई बोलाइएको थिएन । विप्लवलाई समाजवादी मोर्चा हुँदै आफ्नो पार्टीमा ल्याउन सके माओवादी धार जीवितै रहने प्रचण्डको विश्वास छ ।

    प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव विप्लवलाई संसदीय मोर्चामा ल्याउन लागिरहेका बेला एमाले अध्यक्ष केपी ओली भने डेट एक्सपायर भइसकेका वामदेव गौतमलाई भित्र्याउन लागिपरेका छन् ।

    आइतबार ओली र गौतमबीच एमाले प्रवेशबारे छलफल भएको छ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित एमालेमा जाने बताएका छन्।

    आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गर्दै उनले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताएका हुन्।

    गौतमले पार्टीमा सबैभन्दा बढी जिम्मेवार प्राप्त नेताभन्दा कम जिम्मेवारी नदिनसमेत आग्रह गरेका छन् । उनले आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरी जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सबै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारे।

    ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका थिए। एमालेले ७० वर्षे उमेरहद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन्।

    उनले ओलीसँग आफूलाई अध्यक्षपछिको वरीयता मागेपछि एमालेमा हलचल पैदा भएको छ । गौतम ओलीपछिको कुर्सीमा बस्न चाहन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १९ २०७९१२:३६:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend