सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

  • मिडिया डबली
  • मंगलवार, जेठ २ २०८०

  • 2.5K
    SHARES

  • आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

    काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली शरणाथी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य एवं सांसद आरजु देउवा र मञ्जु खाँणमाथि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् ।

    मंगलबार बिहान पत्रकार भेटघाटमा उनले शरणार्थी प्रकरणमा पार्टीको पूर्ण सहयोग रहने पनि बताए । ‘दोषी को हो अनुसन्धान निष्कर्षमा नपुगी भन्न सकिँदैन । केन्द्रीय सदस्य बालकृष्ण खाँणले म निर्दोष छु, निर्दोष सावित गर्छु भनिरहनुभएको छ । जे हुन्छ अनुसन्धानको अन्तिम टुंगो लागेपछि थाहा हुन्छ,’ महतले भने

    । दोषी को भन्ने अनुसन्धानको अन्तिम टुंगो लागेपछि मात्र थाहा हुने महतको भनाइ छ । अहिले नै कसैलाई दोषी करार गर्नुको अर्थ नरहेको उनले बताए ।

    यस विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भइरहेको उनले बताए । तर, अनुसन्धान नसकिएसम्म कांग्रेसले कुनै निर्णय नलिने पनि उनले प्रस्ट पारे । पार्टीकी केन्द्रीय सदस्य आरजु देउवाको विषयमा मिडिया ट्रायल भएको उनको भनाइ छ ।

    ‘उहाँको विषयमा मिडिया ट्रायल भएको छ । उहाँले आफैंले साइवर व्युरोमा गएर अनुसन्धानका लागि अडियोको छानबिनका लागि उजुरी दिनुभएको छ । प्रमाणविनै दोषी जसरी प्रस्तुत गर्नु उपयुुक्त होइन ।

    यो प्रकरणमा सभापतिले पनि निष्पक्ष अनुसन्धान होस् भन्ने चाहनुभएको छ,’ उनले भने, ‘मिडिया ट्रायल गरी दोषी हो भनी करार गर्नुहुँदैन, जे छ, त्यही दुधको दूध पानीको पानी आओस् । मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको छ ।

    आरजुको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । अडियो झुटो हो भनेर विश्वास छ,’ उनले भने । पार्टी सांसद मञ्जु खाँण कहाँ छन् भनेर पार्टीले फलो गर्ने कुरा नभएको उनको भनाइ छ ।

    पार्टीको विशेष महाधिवेशन आवश्यक नभएको उनले बताए । नीति महाधिवेशन भने हुने प्रवक्ता महतले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २५ २०७८०४:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend